अध्यक्षले चुनाव हारेपनि पार्टी जोगिएको छ : यादव

मंसिर १८, २०७९ | kathmandu

जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवले दृष्य अदृष्य शक्तिको जालझेलका कारण जसपाले आम निर्वाचनमा आशातित नतिजा प्राप्त हुन नसकेको बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै नेता यादवले अन्य दलहरुले गरेको षडयन्त्र जनताले चिन्न नसकेको बताउनुभयो । सत्ता गठबन्धनले जसपा सिध्याउने तयारी गरेपनि निर्वाचनमा राम्रै नतिजा आएको उहांको भनाई थियो । आफुहरुले जनताको मुद्दाका लागि राजनीति गरेकाले सडकदेखि सदनसम्म सम्बोधनका लागि प्रयासरत रहने उहांको भनाई थियो । राष्ट्रिय पार्टी बन्नका लागि रोक्ने विभिन्न षडयन्त्र चिरेर अघि बढेको पनि उहांको भनाई थियो ।


प्रतिक्रिया