एमाले प्रतिपक्षमै बस्छ, वाम गठबन्धन सरकारको सम्भावना छैन : एमाले उपाध्यक्ष पौडेल

मंसिर १८, २०७९ | kathmandu

एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएकाले सरकार बनाउने खेलमा नलाग्ने बताउनुभएको छ । एमाले नेतृत्वमा वाम गठवन्धनको सरकारको सम्भावना नरहेको उपाध्यक्ष पौडेलको भनाई छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उपाध्यक्ष पौडेलले चौतर्फी घेरबन्दीका बाबजुद जनमतका हिसाबले एमाले अहिले पनि पहिलो नै बनेको बताउनुभयो ।


प्रतिक्रिया