सरकार गठनलाई लिएर चर्को बार्गेनिङ भइरहेको छ : राजनीतिक विश्लेषक, पुरुषोत्तम दाहाल

मंसिर २०, २०७९ | kathmandu

राजनीतिक विश्लेषक, पुरुषोत्तम दाहालले सरकार गठनलाई लिएर साना दलले ठूला दलसँग चर्को बार्गेनिङ गरिरहेकोले त्यसले भयानक अवस्था निम्त्याउन सक्ने बताउनुभएको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम दि हेडलाइनर्समा कुरा गर्दै उहाँले बहुमतको सरकार गठनका लागि जनप्रवेशी दल तथा स्वतन्त्र उम्मेद्वारहरुको समर्थन जुटाउने कसरतमाझ चर्को बार्गेनिंगको खेल भइरहेको र त्यसले राजनीति थप विकृत बन्ने बताउनुभएको हो । फरक विचार, फरक सिद्धान्तका दलको प्रवेशले आगामी ५ वर्ष संसद थप अस्थिर बन्न सक्ने उहाँको भनाई थियो ।


प्रतिक्रिया