मधेस प्रदेश सरकारमा लोसपाको दावी हुन्छ : जितेन्द्र सोनल

मंसिर २१, २०७९ | kathmandu

लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् प्रदेशसभाका निर्वाचित सदस्य जितेन्द्र सोनलले कुनै पनि दलको बहुमत नआएकाले मधेस प्रदेश सरकारमा आफूहरुको दावी हुने बताएका छन् । मधेस प्रदेशसभामा ९ सिट जितेपनि आफूहरु प्रदेश सरकारको नेतृत्वका लागि सक्षम भएको सोनलको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज विहान कुरा गर्दै उनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैबाट अहिलेको सत्तारुढ गठबन्धनसँग समीकरण बन्ने बताए । चुनावमा मिलेर गएकाले जनादेश अनुसार आफूहरु गठबन्धनको पक्षमा रहेको सोनलको भनाइ छ ।


प्रतिक्रिया