प्रज्ञा प्रतिष्ठानको पुर्नसंरचना आवश्यक छ : आख्यानकार नारायण ढकाल

मंसिर २७, २०७९ | kathmandu

आख्यानकार नारायण ढकालले नेपाली वाङ्मय क्षेत्रमा प्रज्ञा प्रतिष्ठानको उपस्थिति महसुस गराउन यसको पुर्नसंरचना आवश्यक भएको बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दि हेडलाइनर्समा कुरा गर्दै ढकालले राजनीतिक भक्तिभावभन्दा माथि उठेर सृजना र रचनाशक्तिलाई प्राथमिकता दिएर पुर्नसंरचना गर्ने, विद्यमान ऐन कानून संशोधन गरेर अघि बढ्न सके प्रतिष्ठान पुनः बौरिन सक्ने बताउनुभयो । प्राज्ञले पनि स्वार्थभन्दा माथि उठेर आफ्नो सिर्जनामार्फत राज्यप्रतिको दायित्व पूरा गर्न सके पछिल्ले विवाद साम्य हुने उहाँको तर्क छ ।


प्रतिक्रिया