आजका मुख्य समाचारः २०८२ बैशाख २६, साँझ ०६ः ३० बजे

वैशाख २६, २०८२ | काठमाडौं

भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सरकारलाई संसदको निर्देशन, कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको नेपाली कांग्रेसको भनाइ

एमालेका जिल्ला अधिवेशनका क्रममा लगातार झडप र तोडफोडका घटना, गुटको राजनीतिले प्रश्रय पाउँदा आन्तरिक लोकतन्त्रलाई असर पारेको भन्दै चिन्ता व्यक्त

डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनका महसुल तिर्न बाँकी उद्योगीलाई केही सर्तसहित पुनरावेदन गर्न विद्युत प्राधिकरणको आग्रह

भारत र पाकिस्तानबीच द्वन्द्व चर्किँदै जाँदा मिसाइल र रकेट प्रहार तीव्र, दुवै देशका क्रिकेट लिग समेत अवरुद्ध

अखिल नेपाल फुटबल संघद्वारा एक वर्षका लागि डेढ अर्ब रुपैयाँ बढीको बजेट अनुमोदन, आगामी पुष १ गतेबाट ए डिभिजन लिग गर्ने घोषणा


प्रतिक्रिया