राष्ट्रपति र सभामुखमध्ये एउटामा एकीकृत समाजवादी दावी : जगन्नाथ खतिवडा

मंसिर २८, २०७९ | kathmandu

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आगामी सत्तासमीकरणका लागि आफूहरुले राष्ट्रपति र सभामुखमध्ये एउटा पदका लागि दावी गर्न सक्ने बताएका छन् । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरु रहेको भन्दै उनले प्रधानमन्त्री दावी गर्न सक्ने अवस्था नभएकाले दलहरुवीचको सहमतिमा कुनै एउटा प्रमुख पद लिन सकिने बताए । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै खतिवडाले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालसहित अन्य नेता पनि योग्य भएको उल्लेख गरे ।


प्रतिक्रिया