राष्ट्रपतिमा गैरराजनीतिक व्यक्ति आउने सम्भावना पनि छ : महासचिव गुरुङ

मंसिर २९, २०७९ | kathmandu

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने सम्भावनालाई नकार्न नसकिने बताउनुभएको छ । आगामी सरकार र सत्तासमिकरणबारे ठोस छलफल भईनसकेपनि गैर राजनीतिक व्यक्ति राष्ट्रपति बन्ने सम्भावना भने रहेको गुरुङको भनाई छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले संसद बाहिरका व्यक्तिलाई ल्याउन सकिने तर्क गर्नुभयो । आगामी सरकार गठनका लागि कंग्रेस संगै एमालेसंग पनि छलफल भईरहेको उहाँको भनाई छ ।


प्रतिक्रिया