दक्ष जनशक्ति अभावका कारण विकासले गति लिन सकेको छैन : अध्यक्ष पाण्डे

पुस २, २०७९ | kathmandu

गाउंपालिका राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष लक्ष्मी देवी पाण्डेले स्थानीय तहमा अझै पनि दक्ष कर्मचारी अभाव रहेको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै अध्यक्ष पाण्डेले दक्ष जनशक्ति अभावका कारण कामले गति लिन नसकेको बताउनुभयो । कर्मचारीको सरुवा भइरहने हुंदा पनि काममा समस्या हुने गरेको उहांको भनाई थियो । श्रोत साधन परिचालन र स्वामित्वका विषयमा स्थानीय तहले हिस्सा पाउनु पर्ने उहांले उल्लेख गर्नुभयो । निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई तोकिएको जरिवानाको प्रावधान अव्यबहारिक रहेको उहांको भनाई थियो ।


प्रतिक्रिया