आजका मुख्य समाचारः २०८१ माघ ०२

फाल्गुन २, २०८१ | काठमाडौं
गठबन्धन फेरिएपछि मुलुकका दुई प्रमुख नेता केपी ओली र पुष्पकमल दाहालबीच आरोप प्रत्यारोपको शृृङ्खला, सत्ता स्वार्थमा मिलेपनि फरक कित्तामा हुुँदा सत्तोसराप गर्ने प्रवृत्ति रोकिएन
बालमन्दिरको जग्गा हिनामिना गरेको भनिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुसन्धान शुरु, अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार
प्रमुख पार्टीहरूले सचेततापूर्वक अध्यादेश ल्याएको सत्तारुढ दल एमालेको भनाई, महासचिव पोखरेल भन्छनः विरोध गरेर रोकिँदैन
भारतका प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता, अरबौं डलरको ब्यापार बढाउने लगायतका सहमति
र
इन्डियन प्रिमियर लिग (आइपिएल)को १८ औं संस्करण आगामी महिनाबाट सुरु हुँदै, उद्घाटन खेलमा कोलकाता र बैंगलोर भिड्ने