आजका मुख्य समाचारः २०८१ चैत ०३, साँझ ०६ः ३० बजे

चैत्र ३, २०८१ | काठमाडौं

पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन कानून बनाउन लागिएको भन्दै सांसदहरुको आपत्ति,  मुलुकको अर्थतन्त्र कमजोर भएका बेला राज्यलाई भार पर्ने गरी सुविधा दिन नमिल्ने भनाइ

सरकारी सेवाबाट अवकाशलगत्तै पूर्व प्रशासकले संवैधानिक पदमा नियुक्ति लिने क्रम बढ्दै, गलत प्रवृत्ति हटाउन कानूनी व्यवस्था गर्ने तयारी

सार्वजनिक खरिद ऐन संशोधनको गृहकार्य शुरु, वैदेशिक सहायतासम्वन्धि नीति समेत ल्याउन लागिएको अर्थमन्त्री पौडेलको भनाइ

युरोपेली देश उत्तर म्यासेडोनियामा रात्री क्लबमा आगलागी हुँदा कम्तीमा ५१ जनाको मृत्यु, एक सय जना भन्दा बढी घाइते

प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा कोशी प्रदेशको पहिलो जित, कम स्कोरको म्याचमा गण्डकी प्रदेश ९ विकेटले पराजित 


प्रतिक्रिया