आजका मुख्य समाचारः २०८१ चैत ०७, साँझ ०६ः ३० बजे

चैत्र ७, २०८१ | काठमाडौं

सिराहाको औरहीमा महायज्ञका लागि भन्दै दलित परिवारको घर भत्काइएको घटनाको संसदभित्र व्यापक विरोध, घटनामा संलग्न गाउँपालिका अध्यक्षसहित तीनै जना फरार

नवनियुक्त प्रहरी महानिरिक्षक दीपक थापालाई सुरक्षा व्यवस्था मजवुत गर्दै आम नागरिकको भरोसा कायम राख्नुपर्ने चुनौती, छोटो अवधिमा सकारात्मक काम गर्ने मौका

पाँच सय युवालाई स्टार्टअप ऋण सहायता दिने प्रधानमन्त्री ओलीको भनाइ, व्यापार घाटाका लागि सरकारले गरेका प्रयासले परिणाम दिन थालेको दाबी

इजरायलद्वारा गाजा पट्टीमा लगातार हवाई आक्रमण, आज मात्रै कम्तीमा ७१ जना प्यालेस्टीनी नागरिकको मृत्यु

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लबको लगातार सातौं जित


प्रतिक्रिया