आजका मुख्य समाचारः २०८१ चैत १५, साँझ ०६ः ३० बजे

चैत्र १५, २०८१ | काठमाडौं

राजावादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा एक जनाको मृत्यु, काठमाडौंको तीनकुने र बानेश्वर क्षेत्रमा आज राति १० बजेसम्मका लागि कर्फयू जारी

राजतन्त्र पुर्नस्थापनाका लागि भन्दै सडकमा उत्रिएका प्रदर्शनकारीद्वारा काठमाडौंका विभिन्न स्थानमा व्यापक तोडफोड र आगजनी, निजी भवन र कार्यालयमा समेत आक्रमण

गणतन्त्रको पक्षमा समाजवादी मोर्चाद्वारा काठमाडौंमा शक्ति प्रदर्शन, प्रतिगामी चलखेलप्रति सजग रहनुपर्ने नेताहरुको भनाइ

नेपालमा नवजात शिशुको मृत्युदर घटाउन चुनौती, दक्ष जनशक्तिको अभाव लगायत समस्या भएको विज्ञहरुको टिप्पणी

म्यान्मारमा शक्तिशाली भूकम्प, एक सय भन्दा बढीको हताहती भएको आशंका

सहीद स्मारक बी डिभिजन लिगमा आज झापा फुटबल क्लब र ब्वाइज युनियनबीच बराबरी   


प्रतिक्रिया