कोशी प्रदेशमा लगानी सम्मेलन सुरु

वैशाख १८, २०८२ | काठमाडौं

कोशी प्रदेशमा लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा उद्घाटन गर्नुभयो । पर्यटन, भौतिक, पूर्वाधार , कृषि, उद्योग ,उर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापन जस्ता क्षेत्रमा निजी तथा वैदेशिक लगानी भित्राउने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको हो । 

सम्मेलनमा कोशी प्रदेश सरकारले १० करोड रुपैयाँ माथिका ७१ वटा परियोजना प्रस्तुत गर्दै झण्डै पौने दुई खर्ब रुपैयाँको लगानी भित्राउने लक्ष्य लिइएको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताउनुभयो । 

सम्मेलनमा २० वटा भन्दा बढी देशका लागनीकर्ता, गैरआवासीय प्रतिनिधिहरु तथा निजी क्षेत्रका व्यवसायीहरुको उपस्थीती छ । कोशी प्रदेश सरकारले लगानीको लागि उचित वातावरण निर्माण गर्ने भन्दै अध्यादेश माफर्त ८ वटा ऐन संशोधन गर्दै महत्वपूर्ण कानुनी आधार तयार पारेको छ ।  


प्रतिक्रिया