आजका मुख्य समाचारः २०८२ जेठ ०२, साँझ ०६ः ३० बजे

जेष्ठ २, २०८२ | काठमाडौं

प्राविधिक कारणले केहीबेर बत्ति गएपनि लोडसेडिङ शुरु नभएको विद्युत प्राधिकरणको प्रष्टिकरण, संरचनामा लगानी बढाउनुपर्ने कार्यकारी निर्देशक शाक्यको भनाइ

निजामति सेवा सम्बन्धी विधेयक संसदीय समितिबाट सर्वसम्मतिले पारित, कर्मचारीले अवकाशपछि नयाँ नियुक्तिका लागि दुई वर्ष कुर्नुपर्ने व्यवस्था

काठमाडौंमा सगरमाथा संवाद शुरु, हिमाल संरक्षण गर्न सके मात्र मानव जीवन जोगाउन सकिने प्रधानमन्त्री ओलीको भनाइ

भारत र पाकिस्तानबीच युद्धविराम भएपछि आगामी दिनलाई लिएर चासो, दुई देशबीचको सम्वन्ध सुधारमा भने आशंका

नेपाली टोली साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा बंगलादेशसँग पराजित


प्रतिक्रिया