काठमाडौंमा सगरमाथा संवाद शुरु

जेष्ठ २, २०८२ | काठमाडौं

जलवायु परिवर्तनले पारेका असरबारे विश्व समुदायलाई ध्यानाकर्षण गराउने उद्देश्यले काठमाडौंमा आयोजित सगरमाथा संवाद शुरु भएको छ । आगामी आइतवारसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद ब्यानरको अनावरण गरी औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।

सो क्रममा बोल्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनसहितका चुनौतीको सामना विश्व समुदायले गरिरहेका बेला विविध बिषयमा छलफलका लागि सगरमाथा संवाद महत्वपूर्ण भएको बताउनुभयो । संवादको उद्घाटन सत्रमा विभिन्न देशका प्रतिनिधिले धारणा राखेका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भिडियो सन्देशमार्फत सत्रलाई सम्बोधन गर्नुभएको थियो । उद्घाटनपछि परराष्ट्र मन्त्री आरजु राणाको अध्यक्षतामा पूर्ण सत्र आयोजना गरिएको थियो । सो सत्रमा विभिन्न संस्था र निकायका प्रनिधिले जलवायु परिवर्तन, पहाड र मानव जातिको भविष्यका विविध पक्षबारे धारणा राखेका थिए ।  


प्रतिक्रिया