Stories By 'राजबहादुर शाही'
मुगुको खत्याड गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालयमा आगजनी भएको छ । अज्ञात ब्यक्तिले आगजनी गर्दा कार्यालय भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ । वडा अध्यक्ष लालबहादुर मल्लको घरमै वडा कार्यालय संचालन गरिएको थियो ।
पूरा पढ्नुहोस्
मुगुको छायाँनाथ रारा नगरपालिकाका जेष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलाहरु सामाजिक सुरक्षा पाउनबाट वञ्चित भएका छन् । उनीहरुले गत असोज देखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।
पूरा पढ्नुहोस्
मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा प्रसुतीगृहको अभावमा एक सुत्केरीको मृत्यू भएको छ । कार्मारोङ गाउँपालिकाको चितै गाउँकी ३५ बर्षिय पासाङ फुटी तामाङको घरमै सुत्केरी हुँदा साल निस्कन नसकेर अकालमै ज्यान गएको मुगम कार्माङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामाले बताउनुभयो ।
पूरा पढ्नुहोस्
मुगुको १० वटा दुर्गम बस्ती मलेरियाको उच्च जोखिममा परेका छन् । खत्याड गाउँपालिकाको रिघा, हयाङलु, ढुमाना, आम, डामलेक, सुकाढिक, रातापानी तथा सोरु गाउँपालिकाको भीई र धैनकोटका बस्तीहरु मलेरियाको उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
मुगुका जनप्रतिनिधि आफ्नो जिम्मेवारी छाडेर यार्सा टिप्न पाटन उक्लिएका छन् । मुगम कार्मारोङ गाउँपालिकाका जनप्रतिनिधिहरु आफ्नो जिम्मेवारी छोडेर पैसाकै लागि भन्दै यार्सा टिप्न पाटन क्षेत्र उक्लिएका हुन् । कार्यालपालिकाको बैठक वडा स्तरको कामकाजलाई छोडेर वडा नम्बर ३ का अध्यक्ष नुण्डुप तामाङ र वडा नम्बर ८ का अध्यक्ष दोर्बाछिरिङ तामाङ यार्सा टिप्न ठूलो काइकी पाटनतिर गएका हुन् ।
पूरा पढ्नुहोस्
हुम्लाको ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकी फैलिंदा दुई बालक सहित ८ जनाको मृत्यु भएको छ । सो गाउँपालिकाको वडा १ देखि ३ सम्म रुघाखोकीले ८ जना स्थानीयको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तुलसी अधिकारीले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
मुगुको सदरमुकाम गमगढी बजार क्षेत्रको बीच भागमा आज बिहान बम फेला परेको छ । बजार क्षेत्रको जिल्ला समन्वय समितिको कार्यालय गेटमै ठूलो बम राखेको भेटिएको निमित्त प्रहरी नायव उपरिक्षक लालबहादुर ऐरले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्