अवरोध र विरोध भएपनि जर्बजस्ती संसद चलाउनु पर्योः सभामुख घिमिरे

असार १६, २०८२ | काठमाडौं

सभामुख देवराज घिमिरेले संसद्लाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बलियो बनाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले अवरोध र विरोधकाबीच जर्बजस्ती संसद चलाउनुपरेको समेत बताउनुभयो ।

संसद्को भूमिकालाई परिणाममुखी बनाउँदै गणतन्त्रप्रति जनताको वितृष्णा हटाउनेतर्फ सशक्त पहल गर्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो ।

विक्रम संम्वत् २०१५ सालको आमनिर्वाचनबाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो । सोही दिनको सम्झनामा संसद दिवस मनाउने गरिएको हो । 


प्रतिक्रिया