लमजुङ डायरी

आश्विन १०, २०७९ | लमजुङ

बडादसैं नजिकिएसंगै मुख्य/मुख्य सरकारी कार्यालय तथा बैंक वित्तीय संस्थामा भीड बढेको छ । जिल्लाबाहिर रहेकाहरु दसैंका बेला फर्किन थालेको र उनीहरु नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी तथा विभिन्न सिफारिसहरु बनाउन आएपछि जिल्ला प्रशासन कार्यालयमा भीडभाड बढेको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताउनुभयो । नेपाल सरकारका विभिन्न सेवाबाट निबृत्तको पेन्सन, उत्पदान तथा तलवभत्ता बैंकबाट लिनुपर्ने र नागरिक आफ्नो बचत तथा रेमिट्यान्सको रकम भुक्तानी लिनुपर्ने भएपछि बचत तथा ऋण सहकारी संस्थाहरुमा समेत भीडभाड बढेको छ ।

स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण नबुझाउने लमजुङका ९ सय ७८ उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गर्ने भएको छ । खर्च विवरण नबुझाउने उमेदवारलाई ६ महिना भित्र जरिवाना रकम दाखिला गर्न अनुरोध गर्दै पत्राचार गरिएको जिल्ला निर्वाचन कार्यलय लमजुङका सूचना अधिकारी जिभाखर शर्माले बताउनुभयो । स्थानीय तह निर्वाचनमा उमेद्वार बनेका लमजुङका १ हजार ४१ उमेदवार मध्ये ६३ जना उमेदवारले मात्रै समयमा खर्च विवरण वुझाएका छन् । यस्तै, ढिला गरी खर्च विवरण बुझाउने ४४ जनालाई आयोगले जरिवाना तोकेको छ । खर्च विवरण नबुझाएका उम्मेदवारबाट लमजुङमा १९ करोड ६ लाख जरिवान असुल गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा डेंगु संक्रमण बढ्दै गएपछि नियन्त्रण र रोकथामका लागि स्थानीय तहको नेतृत्वमा स्वास्थ्यकर्मी, प्रहरी, व्यवसायी, विभिन्न समूहले खोज र नष्ट अभियान थालेका छन् । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले कोभिड संक्रमण विस्तारै कम हुादै गएकोमा अहिले डेंगुले सताउन थालेपछि यसको नियन्त्रण र रोकथामका कामहरु गरिरहेको बताउनुभयो । लामखुट्टेले फूल पार्न सक्ने सम्भावित ठाउाहरु, पानी जमेको ठाउामा सरसफाई गरिनुका साथै टायरमा जमेको पानीलाई नष्ट गरिएको छ । लमजुङमा यसवर्ष हालसम्म ७० जनामा डेगुं संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताउनुभयो ।

मस्र्याङ्दी गाउापालिकाले सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा रोक लगाएको छ । सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खदा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गाउा कार्यापालिकाको बैठकले निर्णय गरेको अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । स्थानीय उत्पादित बस्तु तथा सेवाको प्रवद्र्धन, विविधिकरण तथा बजारीकरण साथै वातावरणीय प्रभाव न्युनीकरण गर्न सरकारी तथा सार्वजनिक कार्यक्रममा खदा प्रयोगमा रोक लगाइएको गाउापालिकाले जनाएको छ । तर, अत्यावश्यक धार्मिक कार्यक्रममा भने खादा प्रयोगमा छुट दिइने भएको छ ।


प्रतिक्रिया