पर्वत डायरी

वैशाख २०, २०८० | पर्वत

नेपाल सरकारले हरेक वर्ष मुलुकभरमा एक घर एक धारा कार्यक्रमको योजना ल्याएको भएपनि पर्वतका अधिकांस गाउँमा सो कार्यक्रम सफल हुन सकेको छैन । पर्वतमा सञ्चालित ६ दर्जन बढी खानेपानी आयोजनाहरु बजेट अभावका कारण वर्षौंदेखि अलपत्र छन् । कतिपय आयोजनाहरु शुरु भएर पनि जिर्ण हुने समयसम्म बजेट पर्याप्त नहुादा काम पुरा नहुादै जिर्ण भई अधुरै छन् । खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय कुश्माका इन्जिनियर शिवशंकर शाहका अनुसार हाल पर्वत जिल्लाभर तीन करोडदेखि २० करोड लागत स्टमेटका ७६ वटा आयोजना छन् । ती सबै आयोजना सम्पन्न गर्न चालु वर्षको दररेट अनुसार करिव ३ अर्ब पुग्छ । तर, मन्त्रालयबाट आउने बजेट वर्षेनी ५ प्रतिशतभन्दा बढ्न सकेको छैन ।

पर्वतको जलजला गाउापालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गरेको छ । गाउापालिकाले शैक्षिक सत्र २०८० बाटै लागु हुने गरी सो अनुरोध गरेको हो । गाउाकार्यपालिकाको वैशाख ५ गतेको निर्णय अनुसार अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन अनुरोध गरिएको गाउापालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले बताउनुभयो । पालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि सो निर्णर्य गरिएको हो । सार्वजनिक पद धारण गरी पालिकाभित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्दै आएका व्यक्तिका सन्तान यसै शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गरेर पठाउनुपर्ने नियम लागु गरिएको गाउापालिका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

देशभरका सामुदायिक विद्यालयहरुमा विद्यार्थी घटेका खबरहरु आइरहेका बेला पर्वतको एक सामुदायिक विद्यालयमा भने विद्यार्थीको भीड थेग्न नसकेर विद्यालय व्यवस्थापनले प्रवेश परीक्षा लिएको छ । कुश्मा नगरपालिका–४ स्थित नारायण माध्यमिक विद्यालयले विद्यार्थीको भीड थेग्न नसकेपछि प्रवेश परीक्षा लिनु परेको विद्यालयका प्रधानाध्यापक गोबिन्द पोख्रेलले बताउनुभयो । विद्यालयले गत वैशाख ६ र १२ गते दुई चरणमा प्रवेश परीक्षा लिएर करिब २ सय नयाँ विद्यार्थी भर्ना गरेको विद्यालयका शिक्षक सञ्जय रेग्मीले बताउनुभयो । जेठ असारसम्म पनि विद्यार्थीहरू भर्ना हुन आउने क्रम चल्ने भएकाले अहिले नै विद्यार्थीको संख्या यकिन नहुने विद्यालयले जनाएको छ । अन्यत्रका विद्यालयबाट आउने नयाँ विद्यार्थीहरू कुन शैक्षिक स्तरमा छन् भन्ने कुरा थाहा पाउनको लागि प्रारम्भिक परीक्षा लिने गरेको र यो क्रम केही वर्षदेखि निरन्तर चल्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त बहादुर सिकेले बताउनुभयो ।

नेपाल सरकारले सार्वजनिक सेवालाई नियमित रूपमा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुसार पर्वतका विभिन्न सरकारी कार्यालयहरूले पर्व र दिवसका अवसरमा दिइने बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यका अनुसार २०८० सालको वैशाख १ देखि चैत मसान्तसम्म सरकारले घोषणा गरेका सार्वजनिक बिदा दिइएका पर्व तथा दिवसमा समेत सेवा प्रवाह गरेर सार्वजनिक सेवा प्रवाहलाई नियमित बनाउनको लागि विभिन्न कार्यालयहरूबाट नियमित रूपमा सेवा दिने तयारी पूरा भएको छ । नेपाल सरकारले सार्वजनिक बिदाको दिनपनि नियमित सेवा प्रवाह गर्ने विशेष व्यवस्था गरेअनुरूप विभिन्न १६ वटा बिदा तथा पर्वहरूमा सेवा सञ्चालन गर्ने र नियमित सेवा प्रवाह गर्ने गरी सम्बन्धित कार्यालयहरुलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले बताउनुभयो । 


प्रतिक्रिया