महोत्तरी डायरी

वैशाख २१, २०८० | महोत्तरी

महोत्तरीको मटिहानी नगरपालिकास्थित राजकीय संस्कृत माविको नयाँ भवन निर्माण हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम अन्तर्गत विद्यालयको ४ कोठे नयाँ भवन निर्माणको लागि मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले शिलान्यास गर्नुभयो । ४५ लाख लागतमा बन्ने भवन निर्माण पश्चात विद्यार्थीको पढाईमा थप सहजता हुने विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले जानकारी दिनुभयो । देशकै जेठो विद्यालयलाई नमूना विद्यालय बनाउने लक्ष्य रहेपनि भवन अभाव लगायत कारण पढाई प्रभावित हुँदै आएकोमा अब नयाँ भवन बनेपछि पठनपाठनमा सहज हुने नगर प्रमुख मण्डलले बताउनुभयो ।

जलेश्वर नगरपालिकाले महिलाहरुलाई मिथिला पेन्टिङ सिकाउन सुरु गरेको छ । प्रत्येक वडामा ३५ दिने तालिम सुरु गरिएको नगरप्रमुख सुरेश साह सोनारले बताउनुभयो । सीप सिकाएर महिललाई आयआर्जनतर्फ आकार्षित गर्न तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । जलेश्वर–२ मा सुरु भएको तालिम उद्घाटन पश्चात नगर प्रमुख सोनारले घरमै बसेर गर्न सकिने पेन्टिङको काम सिकिसकेपछि महिलाहरु आफै सक्षम हुने भएकाले सीपको भरपुर फाईदा दिन आग्रह गर्नुभयो । संस्कृति प्रवर्द्धन र महिलाहरुमा सीप सिकाई आत्मनिर्भर बनाउन यस्तो तालिम आयोजना गरेको नगरपालिकाले जनाएको छ । जलेश्वर–२ का ३० जना महिलाले तालिममा सहभागी हुन पाउँदा निकै खुशी लागेको बताएका छन् ।

मधेस प्रदेशका ५० वटा विद्यालयमा अध्ययन गर्नर् ेअपाङ्गता भएका १५ हजार ६ सय ४९ विद्यार्थीले उच्च प्रविधि मार्फत अध्ययन गरिरहेका छन् । प्रदेशका ८ जिल्ला मध्य धनुषा, महोत्तरी, सर्लाही र रौटहटका विद्यालयमा विशेष शिक्षा लिईरहेका विद्यार्थीले उच्च प्रविधि मार्फत अध्ययन गरिरहेका प्रेरणा संस्थाकी अध्यक्ष विमला घिमिरेले जानकारी दिनुभयो । दृष्टिविहीन, सुस्त श्रवण, अटिजम, बौद्धिक वा अन्य अपाङ्गगता भएका विद्यार्थीहरुको उपलब्धीमुलक सिकाईका लागि काम गरिरहेको प्रेरणा नामक संस्थाले विभिन्न शैक्षिक सामग्री सहितका पेनड्राईभ उपलब्ध गराएपछि विद्यार्थीको पढाईमा सुधार भएको जनता माविका प्रधानाध्यापक जिवछ ठाकुरले बताउनुभयो ।

बर्दिवास–९ पशुपतिनगरका रामविनोद महतो कृषिबाटै मनग्य आम्दानी गर्दै आउनुभएको छ । दिनभरि खेतीपाती र वस्तुभाउको स्याहार सम्भारमा व्यस्त हुने महतोले व्यवस्थित गोठ बनाएर १५ वटा भैँसी पाल्नुभएको छ । महिनामा १० लाख रुपैयाँसम्म घरमै बसेर कमाउँदै आएको उहाँले बताउनुभयो । पहिले खेतीपातीमै व्यस्त रहेर मनग्य आम्दानी गर्दै आएका रामविनोदले ३ वर्षदेखि पशु पालन समेत थाल्नुभएको हो । ६ बिघा पुर्खौली जग्गालाई उब्जाउ जमिन बनाएर तरकारी, उखु, घाँस खेती गरेको र बाँकी जमिनमा फलफूल लगाएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया