धनकुटा डायरी

वैशाख ३०, २०८० | धनकुटा

धनकुटाको छथरजोरपाटी गाउापालिकामा बृहत्तर तमोर लिफ्टिङ्ग खानेपानी आयोजनाको काम सुरु भएको छ । २१ करोड रुपैयाा लागतको बहुबर्षे उक्त आयोजनाको ठेक्का संझौता भइ काम सुरु भएको हो । तमोर नदीको त्रीवेणीबाट तानेको पानी चुलाचुली र सोतिआहालमा निर्माणधिन रिजर्वायर ट्याङकीमा जम्मा गरि छथर जोरपाटी गाउापालिका वडा नम्वर ३ र ४ का झण्डै ६ हजार उपभोक्तालाई वितरण गरिने छथरजोरपाटी गाउापालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिनुभयो ।

गतबर्षको मंसिर यता धनकुटाका विभिन्न २५ वटा सामुदायिक वनमा लागेको डढेलोले १ हजार हेक्टर वन क्षेत्र र करोडौं मूल्यको वन स्रोत डढेर नष्ट भएको छ । डढेलोले वनमा आश्रीत कति जीवजन्तु, जनावर, चराचुरुङ्गि र अन्य वनस्रोत नष्ट भयो भन्ने एकिन तथ्याङ्क उपलब्ध नभएको डिभिजन वन कार्यालय धनकुटाले जनाएको छ ।

लम्बीदो खडेरीका कारण धनकुटाका किसानले बर्खेबाली लगाउान पाएका छैनन् । गत बर्षको असोज महिना देखि अहिलेसम्म धनकुटामा खेतिका लागि आवश्यक बर्षा हुन सकेको छैन । वैशाख अन्तिमसम्म पनि पानी नपरेपछि यहााका अधिकाशं किसानले मुख्यबाली मकै र बदाम छर्न पाएका छैनन् । आकासे पानीमा निर्भर नगदेबाली, तरकारी, आापलिची र सुन्तला जस्ता फलफूल खेतिमा खडेरीको नराम्रो असर परेको तेलियाका किसान मेघराज खतिवडाले बताउनुभयो ।

जग्गाको टुंगो लागेपछि धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माणको काम सुरु भएको छ । जग्गा ब्यबस्थापनमा भएको ढिलाईले लामो समयसम्म औद्योगिक ग्राम निर्माण अन्यौलमा परेको थियो । वडा नम्वर १ को कटहरेमा ग्रामका प्रारम्भिक पूर्वाधार बनाउान सुरु गरिएको महालक्ष्मी नगरपालिका धनकुाटाका प्रमुख ध्रुबराज रायमाझीले जानकारी दिनुभयो । 


प्रतिक्रिया