रुकुम डायरी

मंसिर १७, २०७९ | रुकुम

रुकुम पश्चिमका विभिन्न तीन स्थानमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा १ सय ६३ महिलामा पाठेघरको समस्या देखिएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले जिल्लाको विभिन्न स्थानमा गरेको निशुल्क स्वास्थ्य जाचका क्रममा सो संख्यामा महिलाहरुको पाठेघरको मुख सुनिएको पाईएको ओरेकका जिल्ला कार्यक्रम संयोजक दिपा धितालले बताउनुभयो । शिविरमा ५ सय ५० जना महिलाले निशुल्क सेवा लिएका थिए । (ओरेक)ले बााफिकोट गाउँपालिका २, मुसिकोट नगरपालिका १ र बााफिकोट गाउँपालिकाको ९ झुला र १० नम्बर वडाको ठाटी तथा मुसिकोट नगरपालिकाको वडा नम्बर ८ घोर्खानीमा एक/एकदिने शिविर संचालन गरिएको थियो ।

रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ११ मा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि र झोला वितरण गरिएको छ । वडा कार्यालयमा एक कार्यक्रमका बिच वडामा रहेका ६ वटा विद्यालयका एक सय विद्याथिहरुलाई झोला र शैक्षिक सामाग्रि वितरण गरिएको हो । विद्यालयले छनोट गरि पठाएका गरिव परिवार, दलित तथा जेहन्दार विद्यार्थीलाई वडाले झोला र शैक्षिक सामाग्रि वितरण गरेको वडा सचिव कमल पुनमगरले बताउनुभयो । उहााका अनुसार झोला संगै कापि, कलम लगायत विद्यार्थीलाई पठन–पाठनमा आवश्यक सामाग्रि वितरण गरिएको हो । वडा कार्यालयले शैक्षिक सामाग्रि वितरणको लागि १ लाख ७० हजार रकम विनियोजन गरेको थियो । वडा अध्यक्षले वडा कार्यालयमै बोलाएर विद्यार्थीहरुलाई सामाग्रि वितरण गर्नुभएको हो ।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका किसानले उत्पादन गरेको किबि कर्णाली वेभरेज प्रालिले खरिद गर्ने भएको छ । शुक्रबार कर्णाली वेभरेज प्रालि र किसानहरुको सहमति अनुसार आठबीसकोट नगरपालिका वडा नम्बर १२ झिनचौरमा रहेको कर्णाली वेभरेजले किसानले फलाएको किबिखरिद गर्ने भएको हो । वेभरेजले प्रतिकिलो १ सय २५ रुपौयामा किबि खरिद गर्ने सहमतिभएको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । उहााका अनुसार आठबीसकोट नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११ र १२ मा १ सय ४२ क्विन्टल किबि उत्पादन भएको छ । ६ वटा वडामा गरेर अहिले नगरपालिकामा ४७ जना व्यवसायिक किबि उत्पादक किसानहरु छन् । नगरपालिकामा गत वर्ष मात्र २१ सय वटा किबिका विरुवा रोपेका थिए । अहिले नगर भरमा करिब १५ सय किबिकाबोटले उत्पादनदिइरहेको नगरपालिकाको अनुमान छ ।

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा आजबाट सुरु भएको निशुल्क आाखाजाच शिबिरमा २ सय २३ जनाले सेवालिएका छन् । नेत्र ज्योति संघ एकीकृत आाखा तथा कान स्वास्थ्य परियोजना कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोगमा, त्रिबेणी गाउापालिकाको आयोजना र आाखाउपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमाशिबिर सुरु भएको हो । आाखाजाच गराएमध्य २८ जनालाई मोतियाविन्दुको समस्या देखिएको आाखाउपचार केन्द्र सल्लेका प्रमुखधनबहादुर केसीले जानकारी दिनुभयो । उहााकाअनुसार ४१ जनालाई निशुल्क चस्मा पनि वितरण गरिएको छ । भोली वडा नम्वर १० पेउघामा शिबिर हुने छ ।

स्थानीयतह निर्वाचनबाट निर्वाचित भई पदभार ग्रहणका क्रममा सुत्केरीलाई स्याहार खर्च दिने पहिलो घोषणा गर्नु भएका रूकुम पश्चिमको मुसिकोट १२ का वडा अध्यक्ष धिरण सिर्पालीले सुत्केरीलाई स्याहार खर्च दिने कामलाई निरन्तरता दिनुभएको छ । अहिलेसम्म उहााले वडाका १५ जनामहिलालाई सुत्केरी स्याहार भत्ता दिनुभएको छ । पछिल्लो पटक हिजो उहााले नयाा गाउा पातुखोलाकी गीता खत्रीलाई सुत्केरी स्याहार भत्ताप्रदान गर्नुभएको छ । गीताले कार्तिक ३१ गते छोरालाई जन्मदिनुभएको थियो । अहिलेसम्म वडाका १५ जना सुत्केरी आमालाई स्याहार भत्ता उपलब्ध गराइएको वडाध्यक्ष सिर्पालीले जानकारी दिनुभयो । वडाध्यक्षको पहिलो घोषणा अनुसार वडाले प्रत्यक सुत्केरीलाई ३ हजार स्याहार भत्ता उपलब्ध गराउादै आएको छ ।


प्रतिक्रिया