बंगलादेशसँगको व्यापार बढाउने पहल

पुस ५, २०७६ | विराटनगर

प्रदेश १ को राजधानी विराटनगरस्थित उद्योग वाणिज्य संघको प्रदेश समितिले बंगलादेशसँग बढ्दै गएको व्यापार घाटा न्यूनिकरणको लागि पहल सुरु गरेको छ । कुनै समय नाफामा रहेको व्यापार पछिल्ला वर्षहरु घटदै गएपछि प्रदेश समितिले निर्यात प्रर्वद्धन गर्न लागेको हो । व्यापार वृद्धिका लागि समितिले बंगलादेशी अधिकारी र आयातकर्तासहित सरोकारवालासँग छलफल थालेको छ । नेपालबाट छोटो दुरीमा रहेको बंगलादेशसम्म नेपाली उत्पादन पर्याप्त पुर्‍याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सन २०१२/१३ मा बंगलादेशसँगको व्यापार ५५ करोड ६१ लाख ९० हजार नाफामा रहेपनि २०१८/१९ मा २ अर्ब ९४ करोड ८७ लाख घाटामा गएको संघले जनाएको छ । धेरै सम्भावना भएर पनि नेपालले वंगलादेशको वजारलाई प्रयोग गर्न नसकिरहेको सन्दर्भमा व्यापार बढाउनेबारे छलफल थालिएको संघका केन्द्रीय सदस्य अविनाश बोहराले बताउनुभयो । 


प्रतिक्रिया