भोजपुरमा एफटीटीएच इन्टरनेट सेवा विस्तार

माघ १, २०७६ | भोजपुर

भोजपुरमा पहिलोपटक अप्टिकल फाईबर मार्फत तीब्र गतिको फाईबर टू दी होम (एफटीटीएच) इन्टरनेट सेवा विस्तार सुरु गरिएको छ । 

कृति नेट धरानको एफटीटीएच सेवा अन्र्तगत जिल्लाका विभिन्न स्थानमा सो इन्टरनेट सेवा विस्तार गरिएको हो । 

सदरमुकामस्थित एफटीटीएच सेवा केन्द्रबाट सदरमुकाम लगायत काफ्ले, बोखिम, दाँवा, तिवारी भञ्ज्याङ, हिले भञ्ज्याङ, श्यामशिला लगायत विभिन्न स्थानमा सेवा विस्तार गरिएको हो ।

जिल्लाका अन्य दुर्गम भेगमा पनि सो सेवा विस्तारको क्रममा रहेको अधिकृत विक्रेता एक्शन मल्टिप्रपोज भोजपुरका प्रमुख विशाल कार्कीले बताउनुभयो । 

सेवाग्राहीलाई सहज रुपमा तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध गराउन विभिन्न प्याकेज राखिएको कम्पनीले जनाएको छ । 

प्रमुख कार्कीका अनुसार दुई सय ५० बढी सेवाग्राहीले सो सेवा जडान गरिसकेका छन् । 

कम्पनीले एफटीटीएच सेवा अन्तर्गत व्यक्तिगत र कर्पोरेट प्रयोगकर्ताका साथै कम्बो प्याकेज समेत उपलब्ध गराईरहेको जनाएको छ । 

यसका साथै ग्राहकलाई कृति केबुल समेत वितरण गरिएको छ । जुन केबुल मार्फत २ सय ५० भन्दा बढी टेलिभिजन च्यानल हेर्न सकिने व्यवस्था छ ।


प्रतिक्रिया