सुन एकै दिन ३ हजारले घट्यो

फाल्गुन ३०, २०७६ | काठमाडौं

सुनको मुल्य आज एकै दिन ३ हजार रुपैयाँले घटेको छ । सुन आज प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि गत मंगलबार हालसम्मकै उच्च प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा खरिदविक्रि भएको सुनको मुल्य त्यसयता लगातार घटिरहेको छ ।

चाँदी पनि प्रतितोला ४० रुपैयाँले घटेर ८ सय २० रुपैयाँ कायम भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले स्थानीय बजार समेत प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


प्रतिक्रिया