प्रदेश ५ सरकारले किसानका लागि ५७ करोडको राहत प्याकेज ल्याउँदै

वैशाख १२, २०७७ | बुटवल

लकडाउनका कारण उत्पादिन कृषि उपजले बजार अपाउँदा किसानहरु समस्यामा परेका छन् । उत्पादित तरकारी तथा फलफूलले बजार नपाउँदा किसान ठूलो क्षति व्यहोरेका छन् । 

किसानको सोही समस्यालाई ध्यानमा राख्दै प्रदेश ५ सरकारले ५७ करोड रुपैयाँको राहत प्याकेज ल्याउने तयारी गरेको छ । राहत प्याकेजका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले लगत संकलनको काम थालेको मन्त्री आरती पौडेलले बताउनुभयो । 

मन्त्री पौडेलका अनुसार प्रतिकूल परिस्थितिमा दुग्ध उत्पादक, अण्डा, चल्ला र कुखुरा उत्पादक लगायत किसानहरु बढी मारमा छन् । पहिलो चरणमा उनीहरुलाई लक्षित गरी ५७ करोड रुपैयाँको राहत प्याकेज ल्याउने तयारी गरिएको हो ।

यसअघि प्रदेश ५ को कृषि, वन तथा वातावरण समितिको बुधवार बैठक बसेको थियो । बैठकमा समिति सदस्यहरुले किसानलाई राहत हुने खालका राहत प्याकेज ल्याउन आग्रह गरेका थिए । 

समितिका सदस्यहरुले खेतीको मौसम नजिक आएको हुादा मल, बीउ र किटनाशक औषधि बिक्री गर्ने पसल तथा एग्रोभेट लकडाउनको अवधिमा समेत खुल्ला गर्नुपर्ने, धानको बीउ, मल लगायतका अत्यावश्यक बस्तुको सरल र सहज उपलब्धता सुनिश्चित गर्नुपर्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । 

महामारीका बेला भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि फ्रन्टलाईनमा आई काम गर्नुपर्ने, कम उत्पादन र भारतबाट खाद्यान्न रोकिएमा खाद्य संकट सृजना हुने परिस्थिति हुन नदिन मन्त्रालयले गाईडलाईन जारी गर्नुपर्ने, फौजी किराको प्रकोप र असिना पानीले पीडित किसानलाई समेत उपलब्ध गराउन निर्देश गरेका थिए । 

जवाफमा मन्त्री पौडेलले स्थानीय कृषि उत्पादन, वितरण, बजार व्यवस्थापन र पीडित किसानलाई राहत वितरणको कार्य अझै प्रभावकारी बनाउने विषयमा समेत तयारी भएको जानकारी दिनुभयो । 


प्रतिक्रिया