इटलीको स्याउका विरुवा उत्तरी गोरखामा

 तस्बिर : हरिराम उप्रेती, रेडियो कान्तिपुर ।

असार ४, २०७७ | गोरखा

गोरखाको चुमनुव्री र धार्चे गाउँपालिकाका किसानलाई इटलीबाट ल्याइएको उन्नत जातका स्याउका विरुवा वितरण गरिएको छ । गण्डकी प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यी २ गाउँपालिकाका किसानलाई ५ हजार ८ सय ७० विरुवा वितरण गरेको हो । 

गतवर्ष नमुनाका रुपमा विरुवा लगाएका किसान अब व्यवसायिक बन्न लागेका हुन । यसका लागि उन्नत जातको विरुवा वितरण गरेको कृषि ज्ञानकेन्द्र प्रमुख मनिता थापाले बताउनुभयो । प्रदेशको मन्त्रालयले धार्चेमा १ हजार ५ सय र चुमनुब्रीमा ४ हजार ३ सय ७० विरुवा वितरण गरेको हो । कलमी गरेर रोप्न तयार भएको विरुवा इटलीबाट ल्याइएको हो ।

गोल्डेन डेलिसियस, फुजी र गाला प्रजातिका विरुवा वितरण गरिएको हो । हावापानीका हिसावले उत्तरी गोरखामा यी प्रजातिका लागि उपयुक्त रहेको थापाले बताउनुभयो । मन्त्रालयको ७० प्रतिशत अनुदानमा विरुवा उपलबध गराइएको हो ।   


प्रतिक्रिया