रक्सौल आईपुग्यो थप २५ सय टन युरिया

भाद्र १७, २०७७ | वीरगञ्ज

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ग्लोबल टेण्डर मार्फत खरिद गरी आयात गरेको थप २५ सय टन युरिया मल सीमावर्ती भारतको रक्सौलसम्म आइपुगेको छ । यसअघि गत साता आएको ५ हजार टन (एक लाख बोरा) युरिया कार्यालयले वितरण गरिसकेको छ । 

साल्ट ट्रेडिङ लिमिटेड वीरगञ्जका प्रमुख आमोज लामिछानेले बुधबार रक्सौल आइपुगेको एक र्‍याक मल बिहीबार वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुग्ने बताउनुभयो । 

‘अहिले जति पनि मल आएको छ, त्यो पुरानै कोटाको हो, रोकिएको मल आएको हो,’ लामिछानेले भन्नुभयो, ‘नयाँ कोटा पनि आउँदै छ । नयाँ कोटाबाट १० हजार टन जति आउँछ ।’ 

वीरगञ्ज कार्यालयबाट प्रदेश १ र प्रदेश दुईको सिरहा, सप्तरी बाहेक अन्य प्रदेशमा मल वितरण हुने गरेको छ । प्रदेश एक र प्रदेश दुईको सिरहा र सप्तरीमा साल्ट ट्रेडिङको विराटनगर कार्यालयले मल वितरण गर्ने गरेको लामिछानेले बताउनुभयो । 

सम्बन्धित समाचार
* कोलकत्ताबाट भिजेको मल नेपाल भित्रियो


प्रतिक्रिया