निषेधाज्ञामै भित्रियो बंगलादेशी युरिया मल

वैशाख २७, २०७८

नेपाल सरकारले बंगलादेशसंग खरिद गरेको युरिया मलमध्ये आधा नेपाल भित्रिएको छ । कृषि सामग्री कम्पनी प्रदेश स्तरिय कार्यालय वीरगन्जका प्रमुख गोरखनाथ केसीका अनुसार, बंगलादेशसंग कूल ५० हजार मेट्रिक टन युरिया मल खरिद गरिएकोमा त्यस मध्य पहिलो लटको २२ हजार ५ सय मेट्रिक टन मल चरणबद्ध रुपमा नेपाल भित्रिएको हो । बाँकी २५ हजार मेट्रिक टन युरिया पनि चरणबद्ध रुपमा भित्रिने प्रमुख केसीले बताउनुभयो । मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेपनि माग भएका जिल्लाहरुमा युरिया र डिएपी मल परिचालन भई रहेको प्रमुख केसीले बताउनुभयो । 

हाल कार्यालयसंग १८ हजार मेट्रिक टन डिएपि, २ हजार २ सय मेट्रिक टन युरिया र १ हजार ५ सय ८० मेट्रिक टन पोटास मलको मौज्दात रहेकाले तत्कालै मलको अभाव हुने स्थिति नआउने केसीले बताउनुभयो । नेपाल सरकारले खरिद गर्न लागेको थप ३० हजार मेटन युरिया मल पनि नेपाल आउने तयारी रहेको प्रमुख केसीले बताउनुभयो । ग्लोबल टेण्डरबाट ठेक्का पाएको नेपालको जोशी बिज हाउसले यो कन्साइन्मेन्ट अन्तर्गत ३० हजार मेट्रिक टन युरिया मल चीनबाट खरिद गरेको छ । सो कन्साइन्मेन्ट अन्र्तगत पहिलो रेल्वे र्‍याक भोली सम्म वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा भित्री सक्ने प्रमुख केसीले बताउनुभयो । 


प्रतिक्रिया