गुण एयरको पोखरा-भरतपुर उडान सुरु

मंसिर ८, २०७८ | काठमाडौं

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट पोखरा–भरतपुर नियमित हवाई उडान सुरु गरेको छ । आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यका साथ उडान सुरु गरिएको कम्पनीले जनाएको छ । 

एयरलाइन्सले भोलि बिहीबारबाट पोखरा–भैरहवा र पर्सि शुक्रबारबाट पोखरा–नेपालगञ्जको अन्तर प्रदेश उडान समेत दैनिक रुपमा गर्ने भएको छ । अन्तर प्रदेश उडानले आन्तरिक पर्यटन प्रवर्धनलाई ठूलो मद्दत पुग्ने तथा एक सहरबाट अर्को सहरमा पुग्न यात्रुलाई सहज हुने कम्पनीको भनाइ छ । 

गुण एयरलाइन्सले आफ्ना दुई वटा अमेरिकी ‘बिच–क्राफ्ट’ र बेलायती पाँच वटा ‘जेट–स्ट्रीम’ सहित कुल ७ वटा विमानबाट सेवा दिँदै आएको छ । 

गुणले हाल काठमाडौंबाट भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा नेपालगञ्ज, विराटनगर, सिमरा र जनकपुरमा नियमित उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले सुर्खेत र भद्रपुर उडानको लागि पनि तयारी भईरहेको जानकारी दिनुभयो । 


प्रतिक्रिया