भारतको खाद्य सुरक्षा प्रणाली अध्ययन गर्दै नेपाली टोली

जेष्ठ २०, २०७९

भारतको खाद्य सुरक्षा कार्यक्रमबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको नेतृत्वको नेपाली टोली नयाँ दिल्ली पुगेको छ । विश्व खाद्य कार्यक्रमको संयोजनमा नेपाली टोलीलाई भारतले अपनाएको खाद्य सुरक्षा रणनीतिबारे जानकारी गराइनेछ । 

भारतको खाद्य सुरक्षा ऐन २०१३ अन्तर्गत चलाईएको लक्षित वर्गसम्म खाद्यान्न पुर्‍याउने, दिवाखाना तथा बालबालिकाको क्षेत्र कार्यक्रम सफल मानिएको छ । ती कार्यक्रमहरु मार्फत करोडौं भारतीय समक्ष सहजै खाद्यान्न पुर्‍याईएको छ । गरीबीको रेखामुनी रहेका परिवारलाई अतिन्यून दरमा भारत सरकारले खाद्यान्न उपलब्ध गराउने गरेको छ । 


प्रतिक्रिया