आधाले घट्यो मोटरसाइकलको आयात

असार १३, २०७९

सवारी साधन आयात हुने मुलुककै प्रमुख स्थल नाका वीरगन्जबाट चालु आर्थिक बर्षमा मोटरसाइकलको आयात अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशतले घटेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार, चालु आर्थिक बर्षको जेठ महिना सम्ममा सो नाका हुँदै भारत तथा तेश्रो मुलुकबाट गरी ३ अर्ब ६९ करोड ४६ लाख भन्दा बढी रुपैयाँ बराबरको ४१ हजार ९ सय ३० थान मोटरसाइकल आयात भएको छ । 

जसबाट ५ अर्ब २ करोड १७ लाख ८० हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सो नाका हुँदै ९१ हजार ९ सय ६९ थान मोटरसाइकल आयात भएको थियो । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले समग्रमा मोटरसाइकलको बिक्री नै घटेकाले आयात पनि घटेको बताउनुभयो । 


प्रतिक्रिया