साउन दोस्रो सातासम्म ८६ प्रतिशत बढी धान रोपाई सम्पन्न

श्रावण १६, २०७९

देशभर साउन दोस्रो सातासम्म ८६ प्रतिशत बढी धान रोपाई भएको छ । समयमा पानी नपरेर र मलको अभावले अपेक्षा अनुसार रोपाई हुन नसकेको हो । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन अन्तिम सातासम्म रोपाई सकिने अनुमान गरिएको छ । 

हालसम्म सबै भन्दा धेरै सुदुरपश्चिम प्रदेशमा ९२ दशमलब ८ प्रतिशत रोपाई सकिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ७८ दशमलब ३ प्रतिशत रोपाई सकिएको केन्द्रले जनाएको छ । यस्तै, प्रदेश १ मा ८८ दशमलब ४ प्रतिशत, मधेश प्रदेशमा ८१ दशमलब ९ प्रतिशत, बागमति प्रदेशमा ८७ दशमलब ८ प्रतिशत र लुम्विनी प्रदेशमा ८४ दशमलब ८ प्रतिशत धान रोपाई सकिएको छ । देशभर १५ लाख हेक्टर भन्दा बढी क्षेत्रफलमा धान रोपाई हुन्छ । 


प्रतिक्रिया