ललितपुर महानगरमा पाँच मिनेटभित्र कर तिर्ने व्यवस्था

माघ ८, २०७९ | काठमाडौं

ललितपुर महानगरले नगरवासीलाई सेवासुविधा दिदैं राजश्व संकलन बढाउन छलफल आयोजना गरेको छ ।

ललितपुर महानगरपालिका, स्थानीय राजश्व परामर्श समितिद्धारा आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरले राजश्व संकलन प्रणालीलाई प्रभावकारी बनाएको बताउनुभयो ।

प्रविधिको प्रयोग गरी करदाताले पाँच मिनेटभित्र बिना झन्झट कर तिर्न सक्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । महानगरप्रमुख महर्जनले कर संकलनसँगसँगै महानगरवासीले पाउने सेवा सुविधालाई समेत व्यवस्थित गरेको दाबी गर्नुभयो ।

महानगरले संकलन गर्ने राजश्व वृद्धिका लागि आन्तरिक राजश्व कार्यालय र मालपोत कार्यालयको भूमिका महत्वपूर्ण हुने महानगरका राजश्व प्रशासन महाशाखा प्रमुख प्रेम बहादुर थापाले बताउनु भएको छ ।


प्रतिक्रिया