प्रादेशिक गोदाममा थन्कियो भारतबाट ल्याइएको रासायनिक मल

फाइल फोटो 

माघ १४, २०७९ | काठमाडौं

कृषि सामग्री कम्पनीले भारतबाट आयात गरेको रासायनिक मल ढुवानी नहुँदा पर्साको वीरगञ्जस्थित प्रादेशिक कार्यालयको गोदाममै थन्किएको छ ।

मल ढुवानीकर्ताको नयाँ ठेक्का नलाग्दा युरिया मल सहज रुपमा परिचालन हुन सकेको छैन । भारतबाट जीटूजी मार्फत युरिया मल प्राप्त भईसक्दा पनि कम्पनीको वीरगञ्ज प्रादेशिक कार्यालयले करीब एक चौथाई मल मात्र परिचालन गरेको छ ।

कम्पनीको वीरगञ्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारका अनुसार जिल्लाहरुमा क्रमिक रुपमा मल परिचालन भईरहेको छ । जनकपुर, कलैया, नवलपुर र ढल्केवर कार्यालयको मल ढुवानीको पुरानो ठेक्का सक्किएको र नयाँ ठेक्का भई नसकेकाले सहज रुपमा ढुवानी हुन नसकेको बताउनुभयो ।

हालसम्म रक्सौल र सिर्सिया सुक्खा बन्दरगाहमा गरी १ हजार ७ सय ५० मेट्रिक टन जीटूजीको युरिया मल भित्रिसकेको कुमारले जानकारी दिनुभयो

भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीले मलेशियाबाट खरिद गरी कोलकाता बन्दरगाह हुँदै सो मल नेपाल ल्याइरहेको छ । कार्यालयका अनुसार अब १२ हजार ५ सय मेट्रिक टन युरिया मल आउन बाँकी रहेको छ । 


प्रतिक्रिया