नेपालमा दश महिनामा १३ खर्ब ५६ अर्ब रेमिट्यान्स भित्रियो

जेष्ठ २७, २०८२ | काठमाडौं

चालु आर्थिक वर्षको दश महिनामा नेपालमा १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १३ दशमलव ९ प्रतिशतले बढी हो ।

 गत वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह १६ दशमलव ९ प्रतिशतले बढेको थियो । यस्तै वैशाख महिनामा मात्र १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै उच्च रहेको छ । गत वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रहेको थियो । 

गत वर्ष यस्तो आप्रवाह १४ दशमलव ८ प्रतिशतले बढेको थियो । पछिल्लो पटकको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५ हजार ६ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३ सय १४ पुगेको छ ।  


प्रतिक्रिया