पाकिस्तानद्वारा रक्षा बजेटमा २० प्रतिशत वृद्धि

जेष्ठ २८, २०८२ | काठमाडौं
भारतसँग सम्बन्ध तनावपूर्ण भएको बेला पाकिस्तानले आफ्नो रक्षा बजेट २० प्रतिशतले बढाएको छ । आर्थिक वर्ष सन् २०२५÷२६ को लागि पाकिस्तानले रक्षा क्षेत्रका लागि ९ अर्ब अमेरिकी डलर छुट्याएको टाइम्स अफ इण्डियाले जनाएको छ । वैदेशिक ऋणपछि पाकिस्तानमा रक्षा क्षेत्र दोस्रो सबैभन्दा बढी खर्च हुने क्षेत्र भएको मानिन्छ । त्यहाँका अर्थमन्त्री मुहम्मद औरङजेबले १७ हजार ५ सय ७३ अर्ब पाकिस्तानी रुपैयाँको संघीय बजेट घोषणा गर्नुभएको छ । पाकिस्तानले वार्षिक कूल ग्राहस्र्थ उत्पादन ४ दशमलव २ प्रतिशतले बढ्ने अपेक्षा गरेको छ ।