आजका मुख्य समाचारः २०८२ जेठ २८, साँझ ०६ः ३० बजे

जेष्ठ २८, २०८२ | काठमाडौं
काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियार सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, ढल निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्दा अनियमितता गरेको अख्तियारको दावी
संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिटमाथिको निर्णय सुनाउने मिति स¥यो, असार १८ गते फैसला गर्ने सर्वोच्च अदालतको निर्णय
आगामी दुई वर्षभित्र मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने सरकारको नीति, लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण रहेको विज्ञको भनाइ
भारतसँगको तनावपूर्ण सम्बन्धकाबीच पाकिस्तानद्वारा रक्षा बजेटमा २० प्रतिशत वृद्धि
र
कोशी प्रदेशस्तरीय खुला बास्केटबल आगामी असारमा धरानमा हुने तय, ८ टीमको सहभागिता रहने