संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिटमाथिको निर्णय सुनाउने मिति स¥यो

जेष्ठ २८, २०८२ | काठमाडौं
संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिट माथिको निर्णय सुनाउने मिति सरेको छ ।
सोही रिटसँग सम्बन्धीत धेरै मुद्दा भएकाले न्यायाधीशहरु छलफलमै रहेकोले निर्णय सुनाउने मिति सरेको सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्णय सुनाउने अर्को मिति असार १८ गतेका लागि तोकिएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको सो मुद्दा माथिको फैसला आज आउने भनिएपनि निर्णय सुनाउने मिति सरेको हो ।
अध्यादेशमार्फत संशोधित कानुनबमोजिम माघ २१ गते २०७७ मा ३२ र २०७८ साल असार १० मा २० पदाधिकारी नियुक्ति गरिएको विरुद्ध सर्वोच्चमा १५ वटा रिट परेको छ । नियुक्ति विरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले छुट्टाछुट्टै मितिमा रिट दायर गर्नुभएको थियो ।