आगामी आर्थिक वर्षमा १२ खर्ब ४८ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने सरकारको लक्ष्य

जेष्ठ १६, २०८० | काठमाडौं

चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको सरकारले आगामी आर्थिक वर्षका लागि झन् महत्वकाक्षी लक्ष्य घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ४८ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको हो ।

आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले राजश्व तर्फ १२ खर्ब ४८ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेको बताउनुभयो ।

बजेटमा भनिएको छ, ‘आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको व्यायको श्रोत बेहोर्न राजश्वबाट १२ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँ लक्ष्य रहेको छ ।चालु वर्षका लागि १४ खर्ब ३ अर्बर् राजश्व लक्ष्य राखिएपनि उठ्न नसकेपछि संशोधन गरेर १० खर्ब ४० अर्ब रुपैयाँमा झारिएको छ । तर जेठ दोस्रो सातासम्ममा जम्मा ७ खर्ब ८८ अर्ब रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । '


प्रतिक्रिया