नेपाली बजरमा सुनको मूल्य हालसम्मकै उच्च

जेष्ठ १९, २०८० | काठमाडौं

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल नेपालमा छापावाला सुनको मूल्य हिजोको तुलनामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै तेजाबी सुनको मूल्य १ लाख १२ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । गत सोमाबार सरकारले आगामी आर्थिक वर्षको बजटमा सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्‍याएपछि नेपालमा मूल्य उच्च दरले बढेको हो । बजेट भाषणपछि यो बीचमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजारले बढेको छ । 

यसैबीच आजका लागि चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । हिजो प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ४ सय ३५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया