पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट

असार १०, २०८० | पोखरा

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड १५ लाख १६ हजार रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले आज १३ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गर्नुभएको हो । चालु आर्थिक वर्षमा ८ अर्ब ९९ करोड २ लाख रूपैयाँको बजेट विनियोजन गरिएको थियो ।

बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड, ८७ लाख, संघीय राजस्व बााडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाखरूपैयाँ स्रोत व्यवस्था हुने उल्लेख छ । यसो गर्दा ४५ करोड ६८ लाख ६५ हजार कम हुने देखिन्छ । न्यून बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट ब्यहोर्ने उपमेयर गुरुङले बताउनुभयो ।

महानगरले पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, शिक्षा, रोजगार प्रवर्द्धनलगायतमा जोड दिएर बजेट ल्याएको हो । महानगरले पूर्वाधारतर्फ २ अर्ब, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, स्वास्थ्यतर्फ १० करोड, शिक्षातर्फ १८ करोड, वडाहरूका लागि ७२ करोड ६० लाख, नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख, पर्यटन, सहरी विकास तथा वातावरणतर्फ ७० करोड विनियोजन गरिएको छ ।


प्रतिक्रिया