महँगी नियन्त्रणको परिणाम दशैं अघिनै आउँछ : मन्त्री रिजल

आश्विन ८, २०८० | काठमाडौं
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले महँगी नियन्त्रणको परिणाम दशैं अघिनै आउने दाबी गर्नुभएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा जारी कंग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै मन्त्री रिजालले महँगी नियन्त्रणका लागि विभिन्न संयन्त्र मार्फत काम भईरहेको बताउनुभयो ।
बजारमा मूल्य वृद्धि गरी कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालयले तीनवटा समूह बनाएर अनुगमनको काम गरिरहेको मन्त्री रिजालको भनाइ छ । त्यस्तै दशैं , तिहार, छठ पर्व नजिकिएकाले खाद्य वस्तुको अभाव हुन नदिन भारत सरकारसँग छलफल भईरहेको उहाँले बताउनुभयो ।