सरकारद्धारा झण्डै १९ अर्ब रुपैँया कर छुट

आश्विन १२, २०८० | काठमाडौंं
आर्थिक वर्ष ७८ ÷७९ मा सरकारले झण्डै १९ अर्ब रुपैयाँ कर छुट तथा कर फिर्ता दिएको छ ।
मुलुकमा व्यावसायिक वातावरण तयार गर्ने आवश्यकता अनुरुप व्यावसायिक छुट तथा सुविधा उपलब्ध गराउने राज्यको नीति अनुसार अन्तर्गत कर छुट तथा फिर्ता गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागका अनुसार कर छुट तथा सुविधा सम्बन्धी विवरणमा आयकर छुटतर्फ १० अर्ब ७२ करोड ८२ लाख, मुल्य अभिवृद्धि कर भ्याट तर्फ ८ अर्ब ७ करोड ५७ लाख रुपैँया गरी १८ अर्ब ८० करोड ३९ लाख रुपैँया कर छुट दिइएको हो ।
त्यस्तै सोही प्रतिवेदनअनुसार आयकर र मूल्य अभिवृद्धि करबापत आर्थिक वर्ष ७८÷७९ मा करिब पौने १९ अर्ब रुपैयाँ कर छुट तथा फिर्ता दिइएकोे विभागले जनाएको छ । व्यवसायिक छुट तथा सुविधा अन्तर्गत ६ अर्ब ३४ करोड २४ लाख, अवकाश कोषमा कर छुट अन्तर्गत १ अर्ब १८ करोड ४१ लाख, कोभिड छुट तथा सहुलियत अन्र्तगत ३ अर्ब २० करोड १७ लाख रुपैयाँ कर छुट दिइएको विभागले जनाएको छ ।