लगानीकर्ता सप्ताह २०२३ आजबाट सुरु

आश्विन १५, २०८० | काठमाडौं

लगानीकर्ताको शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ताको सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डको आयोजनामा लगानीकर्ता सप्ताह सुरु भएको छ । बोर्डले लगानी शिक्षा सचेतना लगायत बजार विकास र सुधारका विविध पक्षबारे जानकारी गराउन आजदेखि आगामी आइतवारसम्मका लागि विभिन्न कार्यक्रम तय गरेको छ ।

कार्यक्रममार्फत् पुँजीबजार सम्बन्धी सचेतना अभिवृद्धि गर्न सहयोग हुने बोर्डले जनाएको छ । विश्वमा लगानीकर्ता सप्ताह १ सय भन्दा बढी देशमा मनाइने गरिन्छ ।

 यसैबीच, नेपालमा शुरु भएको लगानीकर्ता सप्ताहको उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारका समस्या समाधानका लागि उपाय खोजिने बताउनुभएको छ । अर्थमन्त्री महतले सेयर बजार विविध कारणले घटेकाले त्यसको समाधान गरिने बताउनुभएको हो । 


प्रतिक्रिया