नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

कार्तिक ७, २०८१ | काठमाडौं

सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६६ हजार ७ रुपैयाँ पुगेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा सुन आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

सुन मंगलबार प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैबीच सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य दरले बढेको छ ।

चाँदी आज प्रतितोला ३५ रुपैयाँले बढेको छ । चाँदी आज २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको छ भने हिजो २ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले उल्लेख गरेको छ ।  


प्रतिक्रिया