नारायणगढ बुटवल सडकः म्याद थपको तीन महिनासम्म पनि सुरु भएन् काम

कार्तिक ७, २०८१ | परासी

वर्षाको कारण देखाउँदै रोकिएको नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम अझै सुरु हुन सकेको छैन । 

तेस्रो पटक थप भएको म्याद सकिएको तीन महिना हुँदा समेत निमार्ण कम्पनीले काम सुरु गरेको छैन । वर्षाको कारण रोकिएको काम असोज १ गते बाट नै सुरु गर्ने भनिएपनि अहिलेसम्म सडक निमार्णमा कामदार परिचालन हुन सकेको छैन । 

 समयमा नै काम नहुँदा यात्रुले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । त्यस्तै सडक वरपरका स्थानीय बासिन्दामा धुलोको कारण श्वासप्रश्वास सम्बन्धि समस्या समेत देखिन थालेको छ । सरकारी निकायबाट पटक पटक सडक निमार्ण र मर्मतको लागि ताकेता हुँदा समेत ठेकेदार कम्पनीले अटेरी गर्दै आएको छ । 

सम्झौता अनुसार २०७९ साउनमा निर्माण सम्पन्न गर्नुपर्ने गरि सडक विस्तारको काम सुरु गरिएपनि हालसम्म ५३ प्रतिशत मात्र सकिएको छ । सडक विस्तारका लागि तेस्रो पटक थप गरिएको म्याद २०८२ साउन ८ गते सकिँदैछ ।  


प्रतिक्रिया