सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

मंसिर १९, २०८१ | काठमाडौं

ताप्लेजुङमा १३ दशमलव ५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाबाट औपचारिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ ।

सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । 

आयोजनाको उत्पादन परीक्षण एक सातासम्म सञ्चालन गरी सफल भएपछि विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । 

२०७९ साल मंसिर अन्तिम सातादेखि सुरु भएको आयोजनाको निर्माण दुई अर्ब ६३ करोड २९ लाख लागतमा सम्पन्न भएको हो ।

सुपर काबेली ‘ए’ आयोजनाको निर्माण सम्पन्न भएसँगै ताप्लेजुङमा उत्पादन भइरहेको जलविद्युत् आयोजनाको संख्या आठ पुगेको छ ।


प्रतिक्रिया