घरजग्गा कारोबारबाट ३ अर्ब ८७ करोड भन्दा बढी रुपैयाँ राजस्व संकलन
पुस ४, २०८१
मंसिर महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब ८७ करोड भन्दा बढी रुपैयाँ राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको मंसिर महिनामा ३३ हजार ५ सय १४ पटक घरजग्गा कारोबार हुँदा अघिल्लो महिनाको तुलनामा १ अर्ब १७ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको हो ।
कात्तिक महिनामा घर जग्गा कारोबारबाट २ अर्ब ७० करोड ४० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । घरजग्गा कारोबार बढेपनि मुख्य सिजन मानिने समयमा भएको कारोबार भने सन्तोषजनक नभएको व्यवसायी भेषराज लोहनीले बताउनुभयो । राष्ट्रबैंकले मौदि«क नीतिमा समावेश गरेको प्रावधानलाई नीतिगत रुपमा सहजीकरण नगरे सम्म कारोबारले गति नलिने उहाँको भनाइ छ ।